तेमाल गाउँपालिकाका वडा तथा विद्यालयमा स्वास्थ सम्बन्धी अभ्यास
तेमाल, काभ्रे । सिंगापुर रेडक्रसको टोलीले तेमाल गाउँपालिकामा रहेको श्री राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकका माझ पोषण, व्यक्तिगत सरसफाइ, स्यानिटाइजरको प्रयोग, उच्च रक्तचापको परिक्षण, स्वच्छ पिउने पानीका लागि प्रयोगात्मक अभ्यास सिकाएको छ ।
नेपाल आएका सिंगापुरका स्वयंसेवक र प्रारम्भ नामक सामाजिक संस्थाको संयुक्त आयोजनामा सोमबार सो विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावकलाई दाँत माझ्ने सही तरिका, हात धुने तरिका, व्यक्तिगत सरसफाइ र समय समयमा उच्च रक्तचापको परीक्षण गरी समयमै उपचार गर्न सिकाएका थिए ।
तेमाल गाउँपालिका उच्च भूभागमा अवस्थित रहेकाले खानेपानी र सिँचाइमा समस्या भएका कारण यहाँका बासिन्दाले पर्याप्त मात्रामा पानीको प्रयोग गर्न कठिन भएको विद्यालयका प्रधानाध्यापक प्रेम लामा बताउँछन् ।
सुनकोशीबाट लिफ्ट गरी पानी बस्ती भन्दा माथि डाँडामा जम्मा गरी हप्तामा एक वा दुई दिन वितरण गर्दै आएकोले विद्यालयमा पर्याप्त पानी नभएको विद्यालयका प्रधानाध्यापक लामाले बताए। ‘यहाँको समस्या बुझेर सिंगापुर रेडक्रसले सिंगापुरबाटै उच्च गुणस्तरको फिल्टर ल्याई विद्यालयमा जडान गरिदियो । अबका दिनमा यहाँका बालबालिकाले शुद्ध पानी पिउन पाउनेछन्’ उनले भने ।
नेपालमा स्वयंसेवी रुपबाट सघाउन आएका टोली प्रमुख मुसिन म्याक ह्याण्डसमले सिंगापुर रेडक्रसले दिएका सामग्री पक्कैपनि उपयोगी हुने बताए । हाम्रो सहयोग यो नै अन्तिम नभै आगामी दिनमा पनि निरन्तर रहनेछ । उनले भने ।
उनको साथमा चेन केहिन, गेराल्डिन एगारेओ, सिवास्टेन (अनिता रोज), अनिशा विन्ता, टान किन्निथ, प्रिभिन सुरज सन्त कुमारसहित सात सदस्यीय सिंगापुर रेडक्रसका स्वंयमसेवकको टोलीको सहभागीता रहेको थियो ।
साथै अमेरिकामा मनोचिकित्सा बिषयमा अध्ययन गरी नेपाल आएकी डा.प्रतिभा श्रेष्ठले अभिभावक र शिक्षक, कर्मचारीलाई समेत पोषण, उच्च रक्तचाप, मधुमेह लगायतका दिर्घरोग र यसका जोखिमबारे अभिमुखीकरण गराएको प्रारम्भका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिइन् ।
उक्त कार्यक्रममा सिंगापुरबाट आएको टोलीले साना साना बालबालिकाहरुलाई दाँतको महत्त्व र हरेक दिन खाना खाएपछि बिहान र बेलुका २ पटक २ मिनेट लगाएर माथिबाट तल र तलबाट माथि गरेर दाँतमा अड्किएको खानेकुरालाई दाँत माझेर सफा गरी दाँतलाई सफा राख्न सिकाएका थिए ।
उच्च रक्तचाप, मधुमेहको औषधि खाएका बिरामीले चिकित्सकको सल्लाह नलिई औषधि खान छोड्नु हुन्न त्यसो गर्दा अन्य समस्या हुन सक्ने जानकारी गराएका थिए ।
संस्थाले अभिभावकलाई सातु लगायतका पोषण सामाग्री र विद्यालयको पुस्तकालयको लागि पुस्तकहरु सहयोग गरेको छ । सो विद्यालय र वडा कार्यालयको लागि १/१ वटा र स्वास्थ्यचौकीको लागि १ वटा गरी ३ वटा झन्डै ८ लाख बराबरको फिल्टर र चापाखोरी स्वास्थ्य चौकीका लागि रक्तचाप नाप्ने ५ वटा डिजिटल मेशिन उपलब्ध गराई सहयोग गरेको कल्पना क्षेत्रीले जानकारी गराइन् ।
त्यसैगरी उक्त संस्थाले बुधवार पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई पनि यस्तै सामग्री सहित सहयोग गर्दैछ । प्रारम्भ नेपाले २०७२ साल देखि सिंगापुर रेडक्रससंगको सहकार्यमा नेपालमा आएका विपद् महाभुकम्प, कोभिड १९, २०८० को जाजरकोटको भूकम्प, हुम्लामा ५ हजार भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, शल्यक्रिया, आवश्यक औषधि उपलब्ध गराउने जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।
उक्त कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष इन्द्रलाल तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संग्रामजित लामा, प्रधानाध्यापक प्रेम लामा लगायतले वडाका बासिन्दा र विद्यालयको लागि गरेको स्वास्थ्य सम्बन्धी उपकरण तथा सहयोग प्रति खुसी व्यक्त गरे । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष ईश्वरी ओझा, समाजसेवी रमेश तामाङलगायतले प्रारम्भ र सिंगापुर रेडक्रसले नेपालमा सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे मुक्तकण्ठले प्रशंसा गरेका थिए ।






















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पश्चिमी वायुको आंशिक प्रभाव: कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया