एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित
मेरोन्यूज
२०८१ जेठ २९ गते २०:५२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेका अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले राससलाई जानकारी दिए ।
जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव ९खुला० मा उद्धव भण्डारी निर्वाचित हुनु भएको छ ।
महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।
सम्बन्धित
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया