अमेरिकालाई हराउँदै भारत सुपर-८ मा

काठमाडौँ । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर-८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।
जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटमो क्षतिमा १११ रन बनाएर खेल जित्यो। भारतीय बलर अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए ।
इनिङ्सको पहिलो बलमा शायान जहाँगीर खाता नखोल्दै आउट भए भने एन्ड्रियास गौसको ब्याटबाट २ रन आयो । दुवैको नेतृत्व अर्शदीप सिंहले गरेका थिए । पावरप्ले पछि पनि अमेरिकाको इनिङ्स ट्रयाकमा आउन सकेन । नियमित अन्तरालमा विकेट गिर्दै गएका कारण रन रेट बढ्न सकेन । कप्तान आरोन जोन्सले २२ बलमा ११ रनको इनिङ खेले । स्टिभन टेलरले २४ रन र नितिश कुमारले २७ रनको योगदान दिए । कोरी एन्डरसनले १२ बलमा १५ रन बनाएर १७ औँ ओभरमा ८६ रनमा पुर्याए ।
हरमित सिंहले जसप्रित बुमराहविरुद्ध छक्का प्रहार गर्दै आफ्नो ब्याटबाट १० रन निकाले । तर, जसदीप सिंह इनिङ्सको अन्तिम बलमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने शाडले भान शाल्कविक ११ रन बनाएर अविजित फर्किए । भारतका लागि, अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर ४ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो र विराट कोहली पहिलो ओभरमा सौरभ नेत्रावलकरविरुद्ध गोल्डेन डकमा आउट भए । नेत्रवलकरले आफ्नो अर्को ओभरमा कप्तान रोहित शर्मालाई क्याच आउट गराए र उनी ३ रन बनाएर १० रनमा दोस्रो विकेटका रूपमा आउट भए। ऋषभ पन्तले पनि आक्रामक शैली देखाउन सकेनन् र २० बलमा १८ रन बनाएर आउट भए ।
भारतले ११ औँ ओभरमा ५० रन पुरा गर्यो । तर, सूर्यकुमार यादव र शिवम दुबेले विपक्षी बलरको साहसपूर्वक सामना गरे । दुवैले १९ औँ ओभर सम्मको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए । सूर्यकुमारले ४९ बलमा ५० रन बनाएर अविजित रहे । भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले । अमेरिकाका लागि सौरभ नेत्रावलकरले सर्वाधिक २ विकेट लिए ।

खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया