न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा

काठमाडौँ । वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्बाधिक ६८ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए ।
यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समुह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै न्यूजील्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ । यस समुहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।
अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजील्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ ।
न्यूजील्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ ।













६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया