जसपा नेपालले रोक्यो निर्वाचन प्रक्रिया, सबै पदको टुंगो सहमतिबाट लगाइँदै

जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा० नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
अध्यक्ष उपेन्द्र यादव बुधबार नै अध्यक्षमा सर्वसम्मत भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा प्रक्रिया अघि बढाएको थियो ।
तर अब अध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबैजना सहमतिबाटै टुंगो लगाउने तयारीअनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो ।
बुधबार नै प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरिएको जसपा महाधिवेशनका क्रममा बिहीबार निर्वाचन प्रक्रिया रोकेर सहमतिबाट पदाधिकारी र केन्द्रीय सदस्य छान्ने पक्रिया थालिएको हो ।
महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । एउटा सह(अध्यक्षका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । तर सह(अध्यक्षसहित सबै पद सहमतिमा टुंगो गरिने भएको छ ।
‘जसपा महाधिवेशनमा १ बजेदेखि निर्वाचन कार्यक्रम रोकिएको छ । निर्वाचनमा नगएर सहमतिमा जाने भनेर निर्वाचन प्रक्रिया रोकिएको हो’, अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने, ‘पार्टी अप्ठेरोमा रहेका बेला सहमतिको बाटो रोजिएको हो । नयाँ नेतृत्व छान्न भोट नै हाल्ने भनिएको थियो । तर अब पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि सहमतिमा आउनेछन् । अध्यक्षले जाति, लिङ्ग र क्षेत्र सबै हेरेर निर्णय लिनु हुनेछ ।’
महाधिवेशनले नयाँ नेतृत्वका पदाधिकारी र केन्द्रीय सदस्य चयनको जिम्ममा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । अब यादवको नेतृत्वको पदाधिकारीहरूको टिमले सबैको टुंगो लगाउने छ ।
जसपामा पाँच जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको थियो।
पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङदेन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार थिए ।
महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको थियो ।
दुई जना महासचिवका लागि बोमबहादुर दरलामी मगर ९आदिवासी०, रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी थियो ।
सह(महासचिवमा खुलातर्फ डा। सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा। जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार थिए ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको थियो । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका थिए । तर अब यी सबै पदमा सर्वसम्मतिले नेतृत्व तय गरिने भएको छ । त्यो काम आजै सकेर महाधिवेशन पनि अन्त्य गर्ने तयारी जसपाको छ ।
















बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया