गोदामबाट सामान चोरी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवी बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका २७ वर्षीय सोनु गदाल, भक्तपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २८ वर्षीय अनिश थापा र भक्तपुर मध्यपुर ठिमी बस्ने नवलपरासी रामनगर सुनौल नगरपालिका-१ घर भएकी ४६ वर्षीया ममता घले रहेका छन् ।
उक्त गोदामबाट शिशु अनुगामी पावडर ब्राण्डका सामानहरू गत वैशाख ३१ गते दिउँसो चोरी भएको घटना अनुसन्धानको क्रममा सोही गोदाममा काम गर्ने उनीहरूको संलग्नता रहेको भन्ने खुल्न आएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया