हत्या गरेको अभियोगमा चार जना पक्राउ

बैतडी । आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पाटन नगरपालिका-४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा उपचार पश्चात डिस्चार्ज भई अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुन: सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको हो ।
त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-४ मजवा फुलेखाली चोक बस्ने २४ वर्षीय गोरखलाल खड्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पवन केसी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले सामान्य विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका खड्काको भारतस्थित क्रिसेन्ट हस्पिटल लखनउमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गोठीखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई चक्कुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया