साइलेन्ट मोडको फोन हरायो ? अब के गर्ने ?

काठमाडौँ । कहिलेकाहिँ फोन कतै राखेर बिर्सिने समस्या धेरैलाई हुन्छ, धुइँपत्तालले खोज्दा पनि भेटिन्न । अरूको फोन मागेर कल गर्यो घण्टी बज्दैन । अनि बल्ल झल्याँस्स भइन्छ कि फोन त साइलेन्ट मोडमा पो थियो ।
यस्तोमा अब फोन कसरी खोज्ने ? कहाँ खोज्ने ? के गर्ने ? यस्तो स्थितिमा हामी सबै जना कुनै न कुनै बेला परेका छौँ/परिरहेका हुन्छौँ । साइलेन्ट मोडमा भएको फोन खोज्नु जत्तिको झिँजो लाग्दो काम के नै होला र ? फोन घरमा कतै पर्यो कि अफिसमा छोडियो, न कसैले चोरी पो सक्यो कि ? यस्तै खालको भावनाहरू मनमा आउँछन् । साइलेन्ट मोडमा भएको फोनलाई अथक प्रयास नगरी पनि खोज्न सकिन्छ ।
एन्ड्रोइड प्रयोगकर्ताका लागिः
तपाईको फोन एन्ड्रोइड हो भने साइलेन्ड मोडमा फोन कहाँ छ भनेर पत्ता लगाउन गुगल डिभाइस म्यानेजरको प्रयोग गर्न सकिन्छ । यसका लागि यी काम गर्नुस्ः
–डेस्कटप कम्प्युटर, ल्यापटप वा ट्याबलेट प्रयोग गरेर आफ्नो गुगल एकाउन्टमा जानुस् ।
–एन्ड्रोइडडटकम/डिभाइस म्यानेजरमा जानुहोस् अनि जिमेल एकाउन्टमा लग इन गर्नुस् ।
– ‘रिङ’ अप्सन छान्नुहोस् । यति गरेपछि फोनमा खास किसिमको सिग्नल जानेछ । साइलेन्ट मोडबाट हटेर फोन पूरा आवाजमा बज्नेछ ।
आईओएस यूजरका लागिः
आईओएस यूजरका लागि पनि प्रक्रिया यस्तै हो । यसका लागि आईक्लाउड प्रयोग गर्नु पर्नेहुन्छ ।
–अर्को आईओएस डिभाइस वा कम्प्युटरबाट आफ्नो आईक्लाउड एकाउन्टमा लग इन गर्नुस् ।
–आईक्लाउडडटकममा जानुस् अनि फाइन्ड माइ फोन फिचरको सहयोग लिनुस् ।
–फोनमा जोरसँग घण्टी बज्नेछ । अनि तपाईँले सजिलै फोन खोज्न सक्नु हुनेछ ।
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया