करिब ३० किलोग्राम गाँजा बरामद
मेरोन्यूज
२०८१ जेठ ३२ गते १६:४४

पर्सा । जिराभवानी गाउँपालिका.१ बैरीया खोलाबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी पर्सा, जिराभवानी गाउँपालिका.४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सुपौली र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त गस्ती टोलीलाई
देख्नासाथ बोरा फाली अपरिचित व्यक्ति फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित











आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया