रोहिणी १ को उत्कृष्ट विद्यार्थीहरु पुस्स्कृत

भैरहवा । रुपन्देहीको रोहिणी गाँउपालिका वडा नं. १ ले वडामा रहेका कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । वडामा रहेका विद्यालय तथा मदरसाको विद्यार्थीहरुको मनोबल बढाउन जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई वडा कार्यालयले साइकल, मेडल, व्याग र शैक्षिक सामाग्री सहित पुरस्कृत गरेको हो ।
स्थानीय सरकार आएसँगै विद्यार्थीहरुमा प्रोत्साहन गर्ने गरी पहिलो कार्यक्रम वडा स्तरबाट गर्न लागिएको हो । यसले शिक्षाको नतिजामा सुधार ल्याई विद्यार्थीहरु बीच प्रतिस्पार्धात्मक बनाउने मद्धत पुग्ने रोहिणी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अलि पठानलले भने ।
वडामा अध्ययनरत समुदायिक विद्यालय र मदरसाका कक्षागत रुपमा प्रथम दितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई यस वर्ष देखि प्रोत्साहन पुरस्कारको व्यवस्था गरेका छौ । आगामी वर्षमा यसलाई अझै बढाउदै लाने गरि बजेट समेत विनियोजन गर्ने पठानले भने । शिक्षक र विद्यार्थीहरुको मिहनेतले मात्रै शिक्षामा परिवर्तन गर्न सम्भव रहेको हुदा शिक्षाको नतिजा उत्कृष्ट ल्याउनका लागि वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडाका सचिव राजकुमार मिश्राले वडा क्षेत्रमा रहेका सबै समुदायिक र मदरसाका विद्यार्थीहरु मध्येबाट बालविकास देखि कक्षा ७ सम्मका कक्षागत रुपमा प्रथम भएका विद्यार्थीहरुलाई मेडल र व्याग, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई मेडल, डायरी र कलमले पुरस्कृत गरिएको बताए । वडाकै तर्फबाट कक्षा ८, ९ र १०मा उत्कृष्ट भई प्रथम स्थान हासिल गर्ने ३ जनलाई प्रोत्साहन स्वरुप साइकल दिइएको बताए । वडा कार्यालयले र्चनपुरमा अवस्थित मदरसाबाट यस्के सुरुवात गरेको छ ।
एक कार्यक्रमका बीच ती उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । सो अवसरमा बोल्दै विद्यालयका प्राधानाध्यापक हैदर अलि, जग्गादाता रिजवानुल हक, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समसाद अहमद खा, वडा सदस्य अमिर हुसेन लगायतले विद्यार्थी प्रोत्साहन कार्यक्रमले शिक्षामा धेरै परिवर्तन ल्याउन सक्ने भएकोले प्रोत्साहन कार्यक्रमले विद्यार्थीैहरुको सिकाईलाई प्रतिस्पर्धात्मक बनाई नतिजामा ठूलो योग्दान दिने बताए । सिमित स्रोत साधान र जनशक्तिले मदरसा र विद्यालय चलाउनु पर्ने बाध्यता रहेपनि शिक्षाको विकासका लागि प्रयोगात्मक तथा शैधान्तिक शिक्षा समानरुपमा दिनु पर्ने बताए । यस्तो सम्मानले पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन हुने भएकोले यसलाई निरन्तरता दिदै जानु पर्ने बताए ।
चैनपुर मदरसा कक्षा १० सम्मको अनुमति प्राप्त भएपनि उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिरीनु पर्ने र टाढा नगई १० कक्षा सम्ममै स्थगित गर्नु पर्ने बाध्यता रहेकोले कक्षा १२ सम्मको अनुमतिका लागि मदरसा समितिले पालिकालाई प्रस्ताव गरेको छ । मदरसामा १८ जना जनशक्ति भएपनि पालिकाले २ जनाको मात्रै दरबन्दी गरेकोले सहयोगको भरमा चलेको मदरसामा पूर्वाधार तथा जनशक्तिको विकासमा पालिकाले चासो दिनु पर्ने बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया