सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुईजना पक्राउ

काठमाडौँ।सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ । त्यहाँ रहेको कम्प्युटरमा उक्त कारोबार भएको पाइएपछि ल्याबमा काम गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।
उक्त आरोपमा कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ । सिटिइभिटीको प्राविधिक प्रशिक्षण भवन ठिमीको सूचना प्रविधि ल्याबमा क्रिप्टोसम्बन्धी गैरकानुनी कार्य सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्यहाँका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।
उक्त कम्प्युटर बरामद गरी उल्लिखित ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई ठिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया