कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने
मेरोन्यूज
२०८१ जेठ ३२ गते २२:१५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१– ८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् ।
कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ ।
मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।
सम्बन्धित
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया