नेपालले दक्षिण अफ्रीकाविरुद्ध टस जितेर बलिङ गर्दै, सन्दीप खेल्दै
मेरोन्यूज
२०८१ असार १ गते ६:२२

काठमाडौँ । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।
आइसीसी टी-२० विश्वकपको समुह डी अन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपालले सन्दीप लामिछानेलाई टिममा सामेल गरेको छ । नेपालको प्लेइङ एघारमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन् ।
समुह डी अन्तर्गत नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि नेपालले पहिलो खेल नेदरल्याण्डससँग हारेको थियो भने श्रीलंकाविरुद्धको खेल बर्षाले रद्द भएको थियो ।
त्यस्तै दक्षिण अफ्रिका भने लगातार तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया