युरोकप : जर्मनीको सानदार सुरुवात
मेरोन्यूज
२०८१ असार १ गते ७:००

काठमाडौं । युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको फुटबल एरिना म्युनिखमा भएको खेलमा स्कटल्याण्डलाई ५–१ गोलले हराउँदै आयोजक जर्मनीले विजयी सुरुवात गरेको हो ।
जर्मनीको जितमा फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले एक–एक गोल गरेका थिए । स्कटल्यान्डलाई भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । जर्मनीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए ।
खेलको १०औँ मिनेटमा जर्मनीका फ्लोरियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यो जितसँगै समूह ‘ए’ को जर्मनीले ३ अंक जोडेको छ । जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछन् ।
आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रतिक्रिया