१० महिनामा १२२५ जनाले नेपाली नागरिकता त्यागे

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना अर्थात् साउन १ देखि बैशाख मसान्तसम्म १ हजार २२५ जना नेपालीले आफ्नो नागरिकता त्यागेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ गुणाभन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २३७ जनाले नेपाली नागरिकता त्याग गरेका थिए ।
अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र ९पीआर० लिएर नेपालबाट विदेश गएका थिए । नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका छन् । नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने क्रम धेरै देखिएको छ ।
उता पिआर लिंदासम्म नागरिकता त्याग नगर्ने नेपालीहरुले उताको नागरिकता लिनको लागि भने नेपाली नागरिकता त्याग गर्ने गरेका छन् । नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
नेपाली नागरिकता त्याग गरेका अधिकाँश नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन इच्छुक रहेको बताइएको छ । गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अनुसार विगत १० महिनाको अवधिमा २,५५४ जनाले गैरआवासिय नेपाली नागरिकता लिएका छन्।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया