प्रहरी महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यमा ध्यान शिविर सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा सञ्चालित १० दिवसीय विपश्यना ध्यान शिविर शनिबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरको उक्त केन्द्रको अवलोकन समेत गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्चात् आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई उपलब्ध सेवा सुविधाहरू समेत उपभोग गर्ने वातावरण बनाई दिएकोमा नेपाल विपश्यना केन्द्र एवम् प्रहरी प्रतिष्ठानलाई धन्यवाद दिँदै नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताए । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जागृत हुन सफल भएको विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको बताए । जीवनमा आई पर्ने विभिन्न बिघ्न बाधा, कठिनाइ, चुनौतीले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो शिविरले मद्दत पुर्याएको उनको भनाई थियो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहका १ सय ४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।
विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया