सङ्घ र प्रदेशमा सदस्य घटाउनु पर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन्। साथै उनले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताए ।
नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा उनले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको सङ्ख्या घटाउनुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले सङ्घीय सरकारमा १० देखि १२ जनामात्र मन्त्री बनाउनुपर्ने विचार व्यक्त गरे । उहाँले केन्द्रजस्तै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने बताए ।
पूर्वमन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सृजना गरेको उल्लेख गरे । उनले संविधान संशोधनलगायत विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग कांग्रेसले छलफल गरे पनि सरकार परिवर्तनका निम्ति कसैसँग छलफल नगरेको स्पष्ट पारे ।
















बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया