ठमेलमा बाँस्केटबल प्रतियोगिता सुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बाँस्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।
‘बन टु हुप क्लब’ को आयोजनामा आजदेखि गोदावरी अल्मुनाई एशोसियशनको सभाहल ठमेलमा सुरु भएको प्रतियोगितामा २३ समूहको सहभागिता रहेको छ ।
प्रतियोगिताको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “खेलकुदको माध्यमबाट युवालाई अनुशासित बनाउनका साथै स्वस्थ्य शरीर र मस्तिष्कको विकास गर्न, समग्र खेल क्षेत्रको उत्थान गनए प्रतियोगिताले सहयोग पुग्नेछ”, उनले भने ।
प्रतियोगितामा १७ पुरुष र छ महिला समूह सहभागी छन् । आज र भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम समूहलाई रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रोलाई रु १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने समूहलाई रु सात हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक सोजेश मालाकारले जानकारी दिए । पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
संयोजक मालाकारले प्रतियोगिताले बाँस्केटबल खेलको विकास गर्दै खेलाडीलाई हौसला प्रदान गर्न सहयोग पुग्ने बताए ।
















सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रतिक्रिया