युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार

काठमाडौँ । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेका छन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताए ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई ‘तानाशाही शान्ति’ भन्दै खारेज गरेका छन् ।
युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् ।













कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया