मनाङमा खाद्य उत्पादन वृद्धि

मनाङ। विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९/८० मा भन्दा चालु आर्थिक वर्ष २०८०/८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ ।
गत वर्ष एक सय पाँच हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेती दुई सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य भूमि वृद्धि भएर एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती दुई सय १८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताए ।
आर्थिक वर्ष २०७९/८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती एक सय २१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट एक सय ४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती एक सय २८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष तीन सय दुई हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती तीन सय २० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यतिबेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम सकिएको छ भने समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताए ।
जिल्लामा दुई हजार १७ हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्र हो । समुद्री सतहदेखि एक हजार आठ सयदेखि तीन हजार पाँच सय मिटर उचाइसम्म खेतीयोग्य भूमि रहेको छ । यहाँ आलु, गहुँ, करु, उवा, कोलु बोडी, जौलगायत अन्नबालीको उत्पादन हुन्छ । यहाँ धानखेती भने हुँदैन ।
विगतको तुलनामा सिञ्चित क्षेत्रमा नै खेती कम गरिएको पाइन्छ । समयमा हिउँ नपर्दा उत्पादनमा ह्रास आउने र खेतीतर्फ स्थानीयले चासो कम दिएको पाइएको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया