कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना

ललितपुर। ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।
सहकारीका ५६६ जना बचतकर्ताले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।
२ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम समावेश छ । संसदीय समितिको कार्यदेशको अनुसूची १ मा योसहित २० वटा सहकारीको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन, पेन ड्राइभ, केही चेक र कारसहितका सामाना बरामद भएको जनाएकोछ ।













नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया