बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए ।
उनले भने- ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’
उनले प्रधानमन्त्रीको जिल्ला मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए । उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए ।
















इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया