शुक्रबार, पुष ११, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मेरोन्यूज २०८१ असार ४ गते १४:४६

धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया