कति दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक ?

दूध पिउनु स्वस्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। जति धेरै दूध पियाे, त्यति नै फाइदा हुन्छ भन्ने धेरैको विश्वास छ । तर कुनै पनि कुराको अधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। कुनैपनि चिजकाे सेवन सही मात्रामा गरेमात्र त्यसबाट फाइदा लिन सकिन्छ ।
दूधलाई पौष्टिक र पूर्ण आहार मानिन्छ। विशेषगरी अभिभावकले बालबालिकाको उचित विकास र वृद्धिका लागि बढी मात्रामा दूध खुवाउने गर्छन् । तर, यसकाे सही मात्रा बुझेर मात्र सेवन गराउनु उचित हुन्छ ।
बढी दूध पिउनुका यस्ता छन् बेफाइदा :
चिसो, खोकी, अपच, पखाला, छाला रोग भएकाे अवस्थामा दूध पिउनु हुँदैन । यसबाहेक दुधबाट एलर्जी भएका मानिसहरूका लागि पनि हानिकारक हुनसक्छ, जसलाई ल्याक्टोज इन्टलरन्स भनिन्छ।
स्वीडेनमा गरिएको एक अनुसन्धानका अनुसार ३ कपभन्दा बढी दूध पिउनाले हड्डीको समस्या देखा पर्नुका साथैर मृत्युसमेत हुने खतरा बढ्छ । बच्चाहरूलाई धेरै दूध खुवाउँदा त्यसमा पाइने क्यालोरीहरूले पेट भरिएको महसुस गराउँछन्, जसले गर्दा बच्चाहरूले खानामा रुचि लिन सक्दैनन्।
कति दुध पिउनु उपयुक्त ?
स्वस्थ व्यक्तिले नियमित दूध पिउनु राम्राे मानिन्छ । दूधमा क्याल्सियम, भिटामिन बी १२, भिटामिन डी, क्यालोरी, पोटासियम, प्रोटिन पाइन्छ । जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्दछन्। आहारविद्हरूका अनुसार वयस्कले प्रति दिन ३ कप (७५० एमएल) दूध पिउनु फाइदाजनक हुन्छ । यस्तै बच्चाहरूले प्रति दिन २.५ कप दूध पिउनुपर्छ।
यद्यपि, यो मात्रा प्रत्येक व्यक्तिको शारीरिक आवश्यकता अनुसार बढ्न वा घट्न सक्छ। सन्तुलनको कुरा गर्ने हो भने, दैनिक ५०० एमएल दूध शरीरलाई क्याल्सियम र भिटामिन डीको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया