बनेपामा शीत भण्डार निर्माण अलपत्र

काभ्रेपलाञ्चोक । बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार पाँच वर्षदेखि अलपत्र परेको छ ।
बनेपा नगरपालिका–७ स्थित साझेदार संस्था कृषि बजार मल्टिपर्पोजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माण प्रक्रिया रोकिएको हो ।
बाग्मती प्रदेश सरकारद्वारा एक वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७६ असारदेखि तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा शीतभण्डार निर्माणको ठेक्का लगाएको थियो ।
बनेपामा पहिलो चरणमै ठेक्का लागेको थियो । तीन करोड ६४ लाख ५६ हजार आठ सय ३६ लागतमा इजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौतासमेत भइसकेको छ । साझेदार संस्था कृषि बजार मल्टिपर्पोजका सञ्चालक छ महिनादेखि सम्पर्कविहीन भएपछि काम अलपत्र परेको हो ।
मौसमी तरकारी र फलफूल खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा शीतभण्डार निर्माणको योजना बनाएको थियो ।
प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माण सुरु हुन नसकेका तथा निर्माण रोकिएका शीतभण्डारका विषयमा आवश्यक छानबिन भइरहेको जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भइसकेका शीतभण्डार सञ्चालनमा ल्याउन कार्यविधि तयार भइसकेको छ ।
बाग्मती प्रदेश सरकारले आव २०७५-७६ को बजेट वक्तव्यमार्फत ‘एक जिल्ला–एक शीतभण्डार’ अवधारणा ल्याएको थियो । मन्त्रालयका अनुसार साझेदार संस्थासँगको सहकार्यमा एक वर्षभित्र निर्माण सक्ने गरी प्रदेशको जिल्लामा पहिलो चरणमा आठ, दोस्रो चरणमा दुई र तेस्रो चरणमा दुई शीतभण्डार निर्माणका लागि ठेक्का लगाएको छ ।















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया