टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।
वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्ध भएपछि अंक बाँडेर सुपर आठमा आएको हो । सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ । सुपर आठको यस समुहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन् ।
वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन् । जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङल्याण्डले १२ पटक जितेको छ । त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ ।
भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्ध भएपछि समुह ए मा शिर्ष स्थानमा रहदै सुपर आठमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समुह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समुह सी मा दोस्रो हुदै सुपर आठमा पुगेको हो ।
अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन । अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन् । जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्ध भएको थियो ।
दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ । यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।













रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया