महेश बस्नेतको टोलीद्धारा मेनपावर पुगेका पीडितमाथी कुटपिट

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै ग्लोबल राइजिङ प्लेसमेन्टका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।
सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेज [HR world services]को कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो ।
काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप (whatsapp) ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेनपावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई एउटा बन्द कोठामा लगेका थिए । उनले सुरुमै पीडितलाई झापड हानेका थिए । उनले झापड हानेपछि अन्यले पनि सँगसँगै पीडितहरुलाई कुटपिट गरेको पीडितहरुले उज्यालो नेटवर्कसँग बताएका छन् । सयौंको संख्यामा आएका मेनपावर व्यवसायी भनिने उनीहरु गुण्डागर्दी शैलीमा उनीहरुलाई धमाधम हानेको एकजना पीडितले बताए । ती पीडितका अनुसार उनीहरुलाई पछि प्रहरी वृत्त गौशालालको टोलीले उद्धार गरेको थियो ।
बबि थापा सञ्चालक रहेको एचआर वल्र्ड सर्भिसेज नामको मेनपावरले सर्विया पठाउँछु भन्दै १३ जना युवाहरूसँग प्रतिव्यक्ति ५ लाख ५० हजारदेखि ५ लाख ७० हजारसम्म उठाएको पाइएको छ । सञ्चालक थापाले उनका एजेन्ट वसन्त खरालमार्फत् उक्त पैसा संकलन गरेको प्रमाण उज्यालो नेटवर्कलाई प्राप्त भएको छ । जारी महिनाको ७ तारिखमा उनीहरुलाई सर्वियाको फ्लाइट छ भन्दै ती खराल र थापाले बोलाएका थिए । तर, ७ गतेबाट नै खराल सम्पर्क विहीन भए । खरालले बबि थापासँगाको संलग्नतामा सबै कागजात नक्कली बनाएको प्रमाण फेला परिसकेको छ ।
यही सिलसिलामा ती पीडितहरु एचआर वल्र्ड सर्भिसेजमा आफ्नो डुबेको पैसा फिर्ता माग्न धाइरहेका थिए । असार ३ गतेबाट सञ्चालक बबि थापा पनि फरार थिइन् । थापालाइ सोमबार पीडितहरुले उनको कार्यालयमा भेटेका थिए । पीडितहरुले पैसा माग्न थालेपछि बबि थापाले बाहिरबाट गुन्डाहरु आएर अफिस तोडफोड गर्न लागेको छ भन्दै मेनपावर व्यवसायीहरुको ग्रुपमा गलत सन्देश प्रवाह गरेकी थिइन् । उनका म्यानेजर भनिएका झलक प्रसाइले म्यापसहित तुरुन्त आउन सुचना पठाएका थिए ।
सूचना दिएपछि महेश बस्नेतले व्यहाटसएप गु्रपमार्फत् भनेका थिए, ‘सबैजना को कुन ठाउँमा हुनुहुन्छ, व्यवसायी मित्रहरु पुगौँ, पुगिहालौँ, नजिक हुने साथीहरु अलि छिटो पुगौँ, यस्तै बेला हो जाने भनेको, सबैजना निस्किहालौँ’ भन्दै उर्दी जारी गरेका थिए । गुण्डागर्दीको नेतृत्व गर्दै पीडितलाई कुटपिट गर्न पुगेका बस्नेतले ११ सेकेण्डको भ्वाइस म्यासेज व्यवसायीको ग्रुपमा गरेका थिए । म्यासेजमा उनीहरुले ‘टाउको फुट्ने गरी दिम साथी हो’भन्दै गरेको म्यासेज समेत हामीलाई प्राप्त भएको छ, जसको अनुसन्धान नेपाल प्रहरीले गरिरहेको छ ।
बस्नेतसँगै इसिएस मेनपावरका संचालक हर्क लिम्बू, एयरपोर्टस्थित ओखल्ढुंगा सुनकोशी गाउँपालिका घर भएका डोटी मेनपावरका संचालक लिल तामाङ, एलन ओभरसिज प्रा.लि.का अध्यक्ष जंग इजाम लगायतका समूह एचआर वर्ल्ड सर्भिसेज पुगेर पीडितहरुको कुरै नसुनि अन्धाधुन्ध पीडितहरुलाई प्रहार गरेको एकजना पीडितले उज्यालो नेटवर्कसँग भिडिओ बयान दिएका छन् ।
‘हामी गुन्डा हैनौ, गाउँबाट भर्खर विदेश जान्छु भनेर आएको युवाहरू हौँ, हाम्रो ७० लाख भन्दा बढी पैसा खाएर बबि थापा फरार भएपछि हामी यहाँ हाम्रो पैसा माग्न आएका हौँ, भनेर हात जोड्दा समेत उनिहरुले एजेन्टलाई पैसा बुझाएर यहाँ पैसा माग्न आउछस् भन्दै लछारपछार गरेर कुटपिट गर्यो’ पीडित विनम सापकोटाले उज्यालो नेटवर्कसँग भिडिओ बयानमा भने ।
हामीले यस विषय बुझ्न खोज्दा बस्नेतले कुनै प्रतिक्रिया दिन खोजेनन् । ‘म अहिले बाहिर छु, पछि कुरा गरौँ न है’ यति भन्दै उनले फोन राखे । तर, उनले प्रहरीकोमा भने आफुले कसै माथि हात नहालेको, अरु मान्छेहरु आएर कुटपिट गरेको विषयमा आफुले जिम्मेवारी लिन नसक्ने बताएका छन् ।
प्रहरी वृत्त गौशालाका इन्चार्ज केशब थेबेसंग हामीले यसविषयमा कुरा गर्दा मेनपावरमा आएका केही मानिसहरूको मोबाइल खोसेर बन्धक बनाएर कुटपिट गर्दै गरेको खवर आएपछि आफुले तुरुन्त प्रहरी पठाएर उद्वार गरेर ल्याएको बताए । घट्नाको विषयमा नेपाल प्रहरीको एक ब्युरोले अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । ‘उहाँहरुको व्हाटसएपको म्यासेज हेर्दा ज्यान मार्ने उद्देश्यले नै उहाँहरु कुटपिटमा उत्रिन खोज्नुभएको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घट्नाको वास्तविकता बुझ्दैछौँ, वैदेशिक रोजगारसँग सम्बन्धित विषय भएकाले हामीले गम्भीर रुपमा लिएका छौँ ।’
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया