गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिबेन्चर (ऋणपत्र) जारी गेर्न भएको छ । बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमा ८ वर्षको लागि डिबेन्चर जारी गर्ने लागेको हो ।
बुधबार फाइनान्सको १६५ औँ सञ्चालक समितिको बैठकले ‘९ प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीका अनुसार २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता डिबेन्चर निस्कासन गर्न लागिएको जानकारी दिएका छन् । डिबेन्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने अधिकारीले जनाएका छन् ।
उक्त डिबेन्चरको ब्याज भुक्तानी ६–६ महिनामा गरिने कम्पनीले जानकारी दिएको छ ।
डिबेन्चरको लागि नेपाल नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि जारी हुने छ । कम्पनीले स्वीकृतका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ्गलाई अनुमति मागेको छ ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया