टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

काठमाडौँ । जारी आइसीस टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदै छ । एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६; १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह २ मा रहेका ईङल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको सुपर आठको खेलमा ईङल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।
ईङल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन् । जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।
















सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रतिक्रिया