अमेरिकाविरुद्ध वेस्ट इन्डिज : ९ विकेटको शानदार जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ ।
सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।
वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । ३९ बल खेलेका उनले ८ छक्का र चार चौकाको मद्दतमा ८२ रन बनाए । निकोलास पुरणले नटआउट २७ रन जोड्दा जोनसन चार्ल्स १५ रनमा आउट भएका थिए ।
अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए ।
टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।
अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए । अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए ।
वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारेका थिए । उसका लागि अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिएका थिए ।
विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको अमेरिका भने यो हारसँगै दुई खेल खेल्दा अंकबिहीन छ ।
यो समूहको दक्षिण अफ्रिका चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया