५ वर्षसम्म पनि बनेन गान्धी मनमोहन मार्ग

पथरी। मोरङको रंगेली देखि गान्धीआश्रम हुँदै पथरी जोड्ने गान्धी मनमोहन मार्ग विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । कान्छाराम कन्ट्रक्सनको लाहपर्वाहीका कारण यस क्षेत्रका बासिन्दाले वर्खामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।
२०७६ साल कार्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाख रुपैँयामा २५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि सम्झौता गरेको थियो । ३ वर्षमा निर्माण कार्य सक्नेगरी सम्झौता भएपनि पटक पटक म्याद थप गर्दा पनि हालसम्म सडकको नाला बाहेकको काम भएको छैन् । पटक पटक पहल गर्दा पनि काम गर्न तत्परता नदेखाएको निर्माण कम्पनीले हालसम्म नालाको काम मात्रै गरेको छ । सडकमा पानी जम्ने, मान्छै नै लड्नेगरीका ठुला ठुला खाल्डा परेपछि समस्या भएको रंगेली ७ का सत्यनारायण शाहले बताए ।
उक्त सडक निर्माणका लागि रंगेलीको भोटेबाबु चोकदेखि सुनवर्षीको सिमानासम्म नगरपालिकाले ५२ फुट सडक निर्माणका लागि आवश्यक संरचनाहरू सबै हटाएर तयारी अवस्थामा राखेको छ तर निर्माण कम्पनी कानका तेल हालेर बसेको अवस्था छ । विद्यार्थीहरु विद्यालय जाँदा जाँदै हिलै हुने अवस्था रहेको स्थानीय सम्पत राजवंशीले बताए ।
यो सडक निर्माणका लागि पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकाका मेयरहरुले पटक पटक जिल्ला पशासन कार्यालयमा छलफल राख्दा समेत काम हुन सकेको छैन् । अब पनि काम नगरे नगरसभा सकेर प्रकृया अनुसार नगरले नै काम थाल्ने रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जनाएका छन् ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
प्रतिक्रिया