भ्याली भ्यु स्कुलको कक्षा ५ का विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन्। विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन्।
उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन्। स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि रकम हस्तान्तरण गरिएको विद्यार्थीहरूले जनाएका छन्।
भ्याली भ्यु स्कुलको सामाजिक अध्ययन विभागले ‘मानवसेवा’ शीर्षकको शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत उक्त भ्रमण एवम् सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको प्राथमिक तह संयोजक सुशीला शर्माले जानकारी दिइन्।
प्रयोगात्मक तरिकाले गरिएको शिक्षण सिकाइबाट बालबालिकालाई गहिरो र दिगो प्रभाव परेकोमा विषय शिक्षकको नाताले आफूलाई निकै सन्तुष्टि मिलेको शिक्षिका हिमा बाँस्तोलाले प्रतिक्रिया दिइन्। मानवसेवा आश्रमका स्वयंसेवक तथा अधिकारीहरूले बालबालिकाहरूलाई आश्रमभित्रका विविध गतिविधिबारे औपचारिक जानकारी दिएका थिए।
यस किसिमका अभ्यासले आदर्श तथा नैतिकवान् नागरिक निर्माणमा सहयोग पुग्ने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीको विश्वास छ। अशक्त र बेसहाराहरूलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाको विकासको बिजारोपण आजका साना बालबालिकाको मन-मस्तिष्कमा गराउन सके समयसापेक्ष शैक्षिक मर्म सार्थक हुनेभएकाले विद्यार्थीहरूका लागि अभिभावकवर्ग समेतको हौसलायुक्त सहयोगमा सबैलाई सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको कार्यक्रमको आयोजना गरिएको उनले बताए।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया