युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी

काठमाडौं । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् । जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफको खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक जोडेका छन् ।
खेलमा जर्जियाले अग्रता बनाएपनि जोगाउन नसक्दा बराबरीमा चित्ता बुझायो । पहिलो हाफको इन्जुरी समयमा जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रका प्याट्रिक सिकले गोल गर्दै बराबरीमा पुर्याएका थिए । त्यसपछि दुवै टोलीले गोलका केही सुन्दर अवसरहरु बनाएपनि सदुपयोग गर्न सकेनन् ।
यो नजिता पछि समुहमा एफ चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । उसले दुई खेलमा एक अंक जोडेको हो । त्यस्तै दुई खेल नै खेलको जर्जिया पनि एक अंक सहित समूहको चौथो स्थानमा छ ।
चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । भने जर्जिया टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।
यो समूहको पहिलो स्थानमा तीन अंकसहित टर्की छ भने तीन अंक नै भएको पोर्चुगल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया