जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी
मेरोन्यूज
२०८१ असार ९ गते ११:२२

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् । आज सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह दर्ता गर्ने बताएका छन् । यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने बताइएको छ ।
आज हुने रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ ।
सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायण’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।
सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।
सम्बन्धित
















आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
प्रतिक्रिया