संसद्का कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित
मेरोन्यूज
२०८१ असार ९ गते १२:२५

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।
उनीहरूले संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरू थप गर्न माग गरेका छन् । बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।
संसद् भवनकै परिसरमा कर्मचारीहरूले आन्दोलन गरेपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया