मंगलबार, वैशाख २३, २०८२

गरिमा विकास बैंकद्वारा विभिन्न संस्थासँग छुट सम्झौता

मेरोन्यूज २०८१ असार ९ गते २१:५४

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । सम्झौता पश्चात् गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकका ग्राहकहरूले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था कोडिङ्गलको अधिकृत साझेदार मेन्टोरल्याब इडीएक्सले प्रभाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् । मेन्टोरल्याबले बालबालिकाहरूलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ । 

यसैगरी विकास बैंकका ग्राहकहरूले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केट का वस्तु तथा सेवाहरूमा अधिकतम १० ५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

प्रतिक्रिया