मसलाको रुख निरुत्साहित गर्ने बर्दिवासको नीति तथा कार्यक्रममा समावेश

महोत्तरी। मसलाको रुखका कारण भुमिगत पानीमा समस्या आएको भन्दै बर्दिवास नगरपालिकाले निरुत्साहित गर्ने नीति अवलम्बन गरेको छ ।
नगरसभाको १४ औ अधिवेशनमा मसलाको रुखलाई नगरवाट नै निरित्साहित गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
पछिल्लो समय भुमिगत पानीमा संकट सिर्जना भैइरहेको वेला मसलाको रुख समेत कारक रहेको किसानहरुले गुनासो गर्न थालेका छन ।
यस्लाई पुष्टि गर्नेगरी विभिन्न अध्यण र अनुसन्धानका प्रतिवेदन समेत सार्वजनिक भएका छन । अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वरासक्तीमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीको अनुसार भुमिगत पानीमा यस्ले गहिरो असरपुर्याइएका गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।
सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्यणमा ४ सय एमएल देखि१२ सय एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पुर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।
मधेशमा किसानहरुले भुमिगत पानीमा मसलाको कारणले नै संकट गहिरिएको अनुभव र गुनासो गर्न थालेपछी ३ दर्जन पालिकाहरुले हटाउने नीति नै अवलम्बन गरेका छन ।
बर्दिवास नगरपालिकामा त किसानहरुले उक्त रुख हटाउन लिखित उजुरी नै लिएर आएको न्यायिक समितिले जनाएको छ ।
उपप्रमुख तारादेवी महतोले जनगुनासो र उजुरीलाई संवोधन हुनेगरी नीति तथा कार्यक्रममा समावेश गरिएको वताईन । ५० औ जना किसानहरुले अहिलेसम्म उजुरी नै दिएको उन्को भनाई छ ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया