रंगेली नगरपालिकाको बजेट ७२ करोड

माेरङ। मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरे।
सभाले चालु तर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेको छ । आय तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १४ करोड ७० लाख, शसर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी राजश्व तर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँडबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् । त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय शसर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपंक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताए ।
त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय शसर्त ३ करोड ८८ लाख, सघीय समपुरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ । नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेलीलाई उत्कृष्ट कार्य गरेवापत सम्मान समेत गरिएको थियो ।
रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो । नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको जानकारी दिए ।













इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया