एक्ली बहिनी सोनाक्षीको विवाहमा किन आएनन् दुबै दाजु ?

काठमाडौं । वलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालले २३ जुनमा मुम्बईमा विवाह गरे ।
कानुनी विवाह गरेका उनिहरुले आइतबार भव्य रिसेप्शन दिएका थिए । जहाँ परिवारका सदस्यहरू र फिल्म क्षेत्रका धेरैजसो उपस्थित थिए। तर, सोनाक्षीका दाइ लभ सिन्हा र कुश सिन्हा विवाहमा सहभागी भएनन्।
एक्ली बहिनी सोनाक्षीको विवाहमा दाजुहरुको अनुपस्थितिले सबैलाई आश्र्चयचकित पारेको थियो । अभिनेत्रीका दाइहरू यो विवाहमा खुसी नभएको धेरैले अड्कलबाजी समेत गरे ।
यसबारे सोध्दा दुईमध्य एक दाजु लवले आफ्नो प्रतिक्रिया दिएका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने, ‘कृपया मलाई एक वा दुई दिनकाे समय दिनुहोस्। म निश्चित रूपमा तपाइँका प्रश्नहरूको जवाफ दिनेछु।’
यसअघि सोनाक्षीको विवाहको खबर मिडियामा आएपछि लवले एक अन्तर्वार्तामा आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका थिए । उनी मुम्बई बाहिर छन् ।
दुवै दाजुभाइको अनुपस्थितिमा अभिनेता साकिब सलीमले विवाह संस्कार सम्पन्न गरेका थिए । सामान्यतया यो अनुष्ठान दाजुभाइहरूद्वारा गरिन्छ ।









ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया