तथ्यमा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड

काठमाडाैं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिएका छन्।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा संयुक्त रूपमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य र आगलागीजन्य विपत् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी’मा सहसचिव धमलाले कार्यान्वयनयोग्य योजना मात्र प्रभावकारी बन्ने बताए।
‘प्राधिकरणले विपत् न्यूनीकरण गर्न वार्षिक कार्ययोजना बनाए पनि कार्यसम्पादन प्रक्रिया अपेक्षित हुन सकेको छैन,’ उनले भने, ‘विपतमा प्रतिफल खोज्नुभन्दा पनि वेलैमा सावधानी अपनाउनुपर्दछ।’ मानव जीवनमा चाहेर वा नचाहेर विपत् आइलाग्ने भन्दै त्यसको प्रतिकार्यमा सबै क्षेत्र र निकाय एक भएर लाग्नुको विकल्प नभएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपत् जोखिम प्रतिकार्य र जोखिम न्यूनीकरणका लागि सबै एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। मानव जीवन रक्षा र प्रकृतिको संरक्षणका लागि बेलैमा सावधानी पुर्याउनुपर्ने उनले बताए।
गोष्ठीमा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत् शाखाका प्रमुख कृष्णबहादुर रोकायले प्रदेशले मनसुन पूर्वतयारी, प्रतिकार्य र विपत् जोखिम न्यूनीकरणको तयारी गरिरहेको जानकारी दिए। आगलागीजन्य विपत् जोखिम कम गराउन र डढेलोबाट वन जोगाउन किसानलाई प्राेत्साहनमूलक कार्यक्रम ल्याई बाँझो जमिनमा खेती गर्ने नीति ल्याइनुपर्नेमा जोड दिए।
















राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया