टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् ।
आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।
यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।
त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।
टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।
त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया