यी ५ कारणले हुन्छ सास गन्हाउने समस्या

विश्व मुख स्वास्थ्य २० मार्चमा मनाइन्छ । यो दिवस मनाउने उद्देश्य मानिसलाई मुख स्वास्थ्यको समस्याबारे सचेत गराउनु हो । मानिसहरू दाँत, जिब्रो वा मुखको अन्य भागहरूमा समस्याहरूको बारेमा गम्भीर हुनुपर्छ । कहिलेकाहीँ यी साना समस्याहरू ठूला रोगहरूको कारण पनि बन्न सक्छन् ।
मुखबाट दुर्गन्धित सास मौखिक स्वास्थ्य संग सम्बन्धित बिरामी भएको लक्षण हुन सक्छ । कहिलेकाहीँ रोग गम्भीर हुन सक्छ ।
यस्ता छन् सास गन्हाउने ५ कारण
१. लसुन, प्याजको सेवन लसुन र प्याजको गन्ध धेरै खराब छ । टाढा उभिने व्यक्तिले पनि लसुन वा प्याज खाएको थाहा पाउन सक्छ । यदि तपाइँ नियमित रूपमा प्याज, लसुन खाँदै हुनुहुन्छ भने यसले तपाईँको सास गन्हाउन सक्छ ।
२. रक्सीको सेवन तथा धुम्रपान रक्सी र धुम्रपान गर्नेको मुखबाट पनि दुर्गन्ध आउँछ । रक्सीको गन्ध धेरै टाढाबाट आउँछ । त्यसैगरी, धुम्रपान गर्नेहरू पनि टाढैबाट चिनिन्छन् ।
३. सुक्खा मुख सामान्यतया, सबै मानिसहरूको मुखमा तरल पदार्थ बन्दछ जसलाई हामी ¥याल भन्दछौँ । र्यालले मुखको ब्याक्टेरिया सफा गर्न मद्दत गर्छ । तर जसको मुखमा राम्ररी र्याल छैन, त्यस्ता व्यक्तिमा श्वास गन्हाउने समस्या आउन सक्छ ।
४. औषधिको रियाक्सन मुख, नाक वा घाँटीमा कुनै किसिमको रोग लाग्नु, औषधिको प्रतिक्रिया वा दुवै कारणले पनि सास गन्हाउन सक्छ । औषधिको साइड ईफेक्ट अर्थात सिरयाक्सनले पनि यस्तो मस्या हुन सक्छ ।
५. पेट दुख्ने कहिलेकाहीँ पेट दुख्ने र ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स रोग बाहेक अन्य स्वास्थ्य कारणहरूले गर्दा सास गन्हाउन सक्छ । मुखबाट अत्याधिक दुर्गन्ध आएमा चिकित्सकलाई देखाउनुपर्छ ।
-एजेन्सीको सहयोगमा
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया