मदन भण्डारीको ७३ औँ जन्म जयन्तिको अवसरमा वृक्षरोपण गरिने

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे । उनले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।
सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए। सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए ।
वृक्षरोपण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेता सहभागी थिए। ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया