राष्ट्र निर्माणमा सबै दल एकमत हुनुपर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
बालचन्द्र स्मृति सभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताए।
उनले भने, “हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान अतुलनीय रहेको बताए । उनले भने, “बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु ।”
कार्यक्रममा पत्रकार टङ्क पन्तलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया