युरोकपमा आजराती स्पेन र जर्जिया भिड्दै

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजे देखि शुरु हुदै छ ।
समुह बी मा रहेको स्पेनले समुह चरणका सबै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ । त्यस्तै जर्जियाले समुह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुदै नक आउट चरणमा पुगेको छ ।
स्पेनले समुह चरणको पहिलो खेलमा क्रोसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो । त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले पराजित गरेको थियो ।
स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो । रको तर्फ जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ ।















पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया