युरोकपमा आजराती स्पेन र जर्जिया भिड्दै

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२; ४५ बजे देखि शुरु हुदै छ ।
समुह बी मा रहेको स्पेनले समुह चरणका सबै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेर नक आउट चरणमा पुगेको छ । त्यस्तै जर्जियाले समुह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुदै नक आउट चरणमा पुगेको छ ।
स्पेनले समुह चरणको पहिलो खेलमा क्रोसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो । त्यस्तै जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले पराजित गरेको थियो ।
स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो । रको तर्फ जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया