भैरहवाको बैंक रोड खोला बनेपछि…(फोटो फिचर)

भैरहवा। आइतवार दिउँसो केही समयका लागि भएको भिषण वर्षाले भैरहवाको बैंक रोडका अधिकांश पसलहरुमा पानी पसेको छ ।

केही समयमात्रै भएको भिषण वर्षाले बैँक रोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएकोे हो । पानीको निकाश नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि सडक हिलाम्यको समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैंक रोड, मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेकोे छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।











प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया