भैरहवाको बैंक रोड खोला बनेपछि…(फोटो फिचर)

भैरहवा। आइतवार दिउँसो केही समयका लागि भएको भिषण वर्षाले भैरहवाको बैंक रोडका अधिकांश पसलहरुमा पानी पसेको छ ।

केही समयमात्रै भएको भिषण वर्षाले बैँक रोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएकोे हो । पानीको निकाश नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि सडक हिलाम्यको समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैंक रोड, मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेकोे छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया