साताको पहिलो दिन करिब २६ अंकले नेप्से वृद्धि

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन आइतबार २५ दशमलब ७१ अंकले उकालो लागेको छ । यो अघिल्लो दिन (गतसाताको कारोबार हुने अन्तिम दिन बिहिबार) को तुलनामा शुन्य दशमलब ९८ प्रतिशतले वृद्धि भई हालसम्मकै उच्च २ हजार ६ सय ५७ दशमलब ६१ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसअघि गत फागुन ९ गते नेप्से परिसुचक २ हजार ६ सय ४० बिन्दुमा पुगेको थियो । स्टक एक्सचेञ्जका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापक नेप्से उपसुचक ४ दशमलब ३३ बिन्दुले उकालो लागेर ४ सय ७० दशमलब ७५ अंकमा पुगेको छ ।
आइतबार सबैभन्दा बढी निर्जीवन बिमा समुहको उपसुचक ५ सय ४३ दशमलब ९८ अंकले वृद्धि भएको छ । यस्तै जीवन बीमा १५४ दशमलब ८१, बित्त ४३ दशमलब ९६, जलबिद्युत ३७ दशमलब १४, लघुवित्त २३, विकास बैंक २२ दशमलब ३९ बैंकिङ १४ दशमलब ६७, अंकले उकालो लागेको छ ।
तर व्यापार २०३ दशमलमब ५९ अंकले र होटल र पर्यटन २९ दशमलब ८७, भने घटेको छ ।
कूल २१२ कम्पनीको ८९ हजार ८६० कारोबारबाट १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता शेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबारमा शेयर कारोबार भएको स्टक एक्सचेञ्जको कारोबारमा देखिएको छ ।

















अंग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न छुट्टै नीतिको माग
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
आज सुर्खेत र बाँकेमा कांग्रेसले चुनावी सभा गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
प्रतिक्रिया