साताको पहिलो दिन करिब २६ अंकले नेप्से वृद्धि

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन आइतबार २५ दशमलब ७१ अंकले उकालो लागेको छ । यो अघिल्लो दिन (गतसाताको कारोबार हुने अन्तिम दिन बिहिबार) को तुलनामा शुन्य दशमलब ९८ प्रतिशतले वृद्धि भई हालसम्मकै उच्च २ हजार ६ सय ५७ दशमलब ६१ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
यसअघि गत फागुन ९ गते नेप्से परिसुचक २ हजार ६ सय ४० बिन्दुमा पुगेको थियो । स्टक एक्सचेञ्जका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापक नेप्से उपसुचक ४ दशमलब ३३ बिन्दुले उकालो लागेर ४ सय ७० दशमलब ७५ अंकमा पुगेको छ ।
आइतबार सबैभन्दा बढी निर्जीवन बिमा समुहको उपसुचक ५ सय ४३ दशमलब ९८ अंकले वृद्धि भएको छ । यस्तै जीवन बीमा १५४ दशमलब ८१, बित्त ४३ दशमलब ९६, जलबिद्युत ३७ दशमलब १४, लघुवित्त २३, विकास बैंक २२ दशमलब ३९ बैंकिङ १४ दशमलब ६७, अंकले उकालो लागेको छ ।
तर व्यापार २०३ दशमलमब ५९ अंकले र होटल र पर्यटन २९ दशमलब ८७, भने घटेको छ ।
कूल २१२ कम्पनीको ८९ हजार ८६० कारोबारबाट १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता शेयर ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबारमा शेयर कारोबार भएको स्टक एक्सचेञ्जको कारोबारमा देखिएको छ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया