दुई पटक सर्किट ब्रेक लागेको सेयर बजारमा ४७ अंककाे वृद्धि

काठमाडौं । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो ।
आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो ।
आज हिमालयन डिष्टिलरीको शेयर मुल्य सबधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज उपकार लघु वित्तको सबधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको शेयर ५.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ ।
कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै शेयर बजारमा हरियाली आएको बताइएको छ ।











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया