मंगलबार, चैत ३, २०८२

सुर्यगढीका विद्यार्थीले गरे बालविवाह नगर्ने प्रतिबद्धता

मेरोन्यूज २०८१ असार १८ गते २१:३२

नुवाकोट । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले बालबिवाह रोक्न पृथक गतिविधी अघि बढाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अहिलेको बदलिँदो परिवेशमा एक गम्भिर चुनौतिको रुपमा देशैभर रहेको बाल विवाहको दरलाई रोक्नको लागि सुर्यगढी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले फरक रणनीति अघि सारेको हो ।

वागमति प्रदेश सामाजिक विकाश मन्त्रालयको सहयोगमा सञ्चालित ‘बालविवाह अन्त्यका लागिसमुदाय परिचालन’ कार्यक्रम अन्तर्गत उक्त शाखाले बालविवाह न्यनिकरणका लागि बालविवाह र सजाएँ लगायत कानुनी ब्यबस्थाको विषयमा प्रशिक्षण गरी तत्पश्चात ‘म कानुनले तोके बमोजिम २० बर्ष पुरा भएपछि मात्र बिहे गर्नेछु र अरुलाई पनि भन्नेछु’ भन्ने भनाईको सपथ गराउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गराई कार्यक्रम समापन गरिएको थियो ।

बालविवाह रोक्ने उपाए मध्ये आफुलाई भौतिक दबाब पर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराईएको र यसले बालविवाह न्युनिकरणमा प्रभावकारी भूमिका खेल्नेमा आफु विश्वस्त रहेको सुर्यगढी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राममणि अधिकारीले बताए ।

उनले यस बर्ष २,३,४, र ५ नं. वडाका चार सय पचास विद्यार्थीले प्रतिबद्धता सहित हस्ताक्षर गरेकोमा आगामी बर्ष एक हजार किशोर/ किशोरीलाई प्रतिबद्ध गारउने लक्ष्य रहेको शाखा प्रमुख अधिकारीले बताएका छन् ।


बालविवाह अन्त्यका लागिसमुदाय परिचालन कार्यक्रम यो हस्ताक्षर गाउँपालिकामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया