कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु
मेरोन्यूज
२०७७ चैत २२ गते १९:२४

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा १ गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
संघका अनुसार कोरोना संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन संघले अनुरोध गरेको छ ।
सम्बन्धित
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया